एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं : संघीय संसदको बैठक अगाडि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आज बिहान ११:४५ बजे नयाँ बानेश्वरमा एमालेले संसदीय दल बैठक बोलाएको सचेतक सुनिता बरालले जानकारी दिइन्।

उनका अनुसार बैठकमा समसामयिक राजनीति,आगामी रणनीति तथा बजेटको विषयमा छलफल हुनेछ। बैठकमा दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा एमाले सांसदहरूले खेल्नुपर्ने भूमिकाका विषयमा निर्देशन दिने बताइएको छ।

अधिवेशनको पहिलो दिन आज दलीय आधारमा शीर्ष नेताले संसदमा सम्बोधन गर्दैछन्। संसद बैठक दिउँसो २ बजे बस्दैछ। सरकारले जेठ १ नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउँदैछ।  

यस अगाडि हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि  लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गरेको थियो। कांग्रेसले लामिछानेसमेत  हिस्सेदार रहेको  गोर्खा  मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट लगानी गरी आर्थिक अपचलन भएको बताउँदै संसदीय छानबिनको माग गर्दै आएको छ।  एमालेले कुनै व्यक्तिको नाम नराखि सम्पूर्ण सहकारीको समस्या समाधान गर्न समिति बनाउन सकिने बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.