९ औं अधिवेशन : तीनलालको जिल्लाबाट एमालेको सन्देश

एमाले रामेछापको अध्यक्षमा कडेरिया र सचिवमा कार्की सर्वसम्मत

एमाले रामेछापको अध्यक्षमा कडेरिया र सचिवमा कार्की सर्वसम्मत

काठमाडौं : तीनलालको जिल्ला भनेर चिनिने रामेछापमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ। नेकपा एमाले रामेछापले पार्टीको नवौँ जिल्ला अधिवेशनले एमाले जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत निर्वाचित भएको एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला नेताहरुले सर्वसम्मत गराउने पहल गरेपछि अध्यक्ष र सचिव सर्वसम्मत बनेका हुन्। बिहीबार अध्यक्ष पदका लागि कडरिया र एमालेका पूर्वउपाध्यक्ष प्रेमबहादुर तामाङले मनोनयन दर्ता गराएका थिए। त्यसैगरी सचिवमा कार्कीसँगै रामबाबु घिमिरेले मनोनयन दर्ता गराएका थिए। तर सहमति भएपछि तामाङ र घिमिरेले मनोनयन फिर्ता लिएका हुन्।

यस अगाडि कडेरिया एमाले रामेछापको सचिव र कार्की उपसचिव थिए। उनीहरु दुवै जना अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा सक्रिय बनेका हुन्। 

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा ४ जना, खुल्ला उपसचिव ३ जना र महिला उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि होतराज ढकाल, रमेशकुमार वाग्ले, ध्रुवकुमार कार्की र ज्ञानबहादुर खड्काको उम्मेदवारी परेको छ। त्यस्तै खुल्ला उपसचिवमा मिलनकुमार घिसिङ, राजेन्द्रकुमार कार्की र दिनेश सुवेदीको उम्मेदवारी परेको छ।

महिला उपसचिवमा मखमली श्रेष्ठ, अनिता तामाङ राई, मञ्जुमाया कार्की, कमला शर्मा क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ। विधान अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना र उपसचिव खुल्ला र समावेशी गरी २ रहने प्रावधान छ। एमालेले अन्य पदहरुमा पनि सर्वसम्मत गर्ने प्रयास जारी राखेको छ। जिल्ला कमिटीमा सर्वसम्मत हुन बाँकी रहेका पदहरुको आज विद्युतीय मतपत्रबाट निर्वाचन हुने बताइएको छ।

यसैगरी रामप्रसाद देवकोटाको अध्यक्षतामा लेखा कमिटी सर्वसम्मत चयन भएको छ। भूगोलबाट जिल्ला कमिटीका कतिपय सदस्यहरु पनि सर्वसम्मत भएका छन्। नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वसम्मत निर्वाचित भएकोभएकाहरुको पनि औपचारिक घोषणा हुन बाँकी रहेको छ। 

null

एमालेले ९ औं अधिवेशन बुधबारबाट मन्थलीको तीनलाल पार्कमा सुरु भएको हो। अधिवेशनमा ७ सय प्रतिनिधि चयन भएका छन्। अधिवेशनमा मन्थली नगरपालिकाबाट १३५ जना,खाँडादेवी गाउँपालिकाबाट ९३ जना, दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट ७३ जना, लिखुतामाकोसी गाउँपालिकाबाट ६६ जना, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, रामेछाप नगरपालिकाबाट ५६ जना,उमाकुण्ड गाउँपालिकाबाट ४८ जना,सुनापति गाउँपालिका ४३ जना प्रतिनिधि छन्। यसैगरी जनसंगठनबाट ५२ जना, जिल्ला सल्लाकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट ३ जना र ५ प्रतिशत मनोनितमा ३३ जना प्रतिनिधि छनोट भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.