सेयर बजारमा सामान्य अंकको सुधार, ३ अर्बमाथिको कारोबार

सेयर बजारमा सामान्य अंकको सुधार, ३ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से ०.२१ अंकले घटेको थियो।

सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा कायम भएको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३१३ स्क्रिप्सको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन बुधबार २ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ओरेन्टल हस्पिटलको सेयर सर्वाधिक ८.४६ प्रतिशतले बढ्यो। 

कुमारी सवल योजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ८.४८ प्रतिशतले मूल्य ओरालो लाग्यो। कारोबार रकमको आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ३ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

यसदिन होटल्स एन्ड टुरिजम उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशतले घट्यो। कारोबारमा आएका ११५ स्टकको मूल्य बढ्दा ११५ वटाको घट्यो भने १४ वटाको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.