मूलपानी क्रिकेट रंगशालाको डीपीआर तयार

मूलपानी क्रिकेट रंगशालाको डीपीआर तयार
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) युवा तथा खेलकुद मन्त्रालयमा सोमबार प्रस्तुत गरेको छ। पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सोमबार सिंहदरबारस्थित मन्त्रालयमा प्रस्तुत गरिएको हो।

करिब एक वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रक्रियामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरूको प्रतिक्रिया थियो। उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले रंगशाला निर्माणमा चासो व्यक्त गर्दै सदस्यसचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्ने गरी प्रक्रिया बढाउन निर्देशन दिएका थिए। मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ।

सदस्यसचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनिएरिङ कल्सल्टेन्सीलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए। डीपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम एक साताभित्र सम्पन्न गर्न सदस्यसचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका छन्। डीपीआर प्रस्तुतिका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दैै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका थिए। मन्त्री श्रेष्ठले यो वर्ष मैदानका लागि ५० करोडदेखि एक अर्वसम्म बजेट निकाशा हुने बताए।

डिजाइन अनुसार तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ। जहाँ २० हजार आठ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ। पानी परेको १० देखि १२ मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ।

डिजाइनमा तल्लो र माथिल्लो मैदान समावेश गरिएको छ। स्टेडियममा तीन तल्लाको अन्डर ग्राउन्ड पार्किङ, पुरूष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडी पोखरी, ट्रेनिङ सेन्टर, फ्लड लाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर प्रशिक्षण हल, आउटडोर प्रशिक्षण स्थललगायतका संरचना हुने छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.