सभामुख र प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु

सभामुख र प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
सुन्नुहोस्

काठमाडौं : संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल सुरु भएको छ। शुक्रबारबाट बजेट अधिवेशन सञ्चालन हुने भएपछि घिमिरेले मंगलबार बिहान सिंहदरबारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका शीर्ष नेता र  प्रमुख सचेतकसँग छलफलमा जुटेका हुन्।

nullबैठकमा घिमिरेसहित प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र सचेतकहरु सहभागी छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले निरन्तर प्रश्न उठाएर संसद अवरोध गरेपछि सरकारले बजेट अधिवेशनका लागि तयारी भन्दै हिउँदे अधिवेशन अन्त्य गरेको थियो। कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.