लगानी प्रोत्साह गर्न विद्यमान कानुनमा सुधार आवश्यक : अध्यक्ष अग्रवाल

लगानी प्रोत्साह गर्न विद्यमान कानुनमा सुधार आवश्यक : अध्यक्ष अग्रवाल
सुन्नुहोस्

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले लगानीलाई प्रोत्साह गर्न विद्यमान कानुनहरूमा सुधार आवश्यक भएको बताएका छन्। मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास,रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य भएको बताए। 

'औद्योगिकीकरणका माध्यमबाट समग्र अर्थतन्त्रको विकास,रोजगारी सिर्जना गर्न लगानी प्रोत्साहन गर्न अपरिहार्य छ । लगानीलाई प्रोत्साहन गर्न विद्यमान कानुनहरूमा सुधार आवश्यक छ । हालै सम्पन्न लगानी सम्मेलन नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने महत्वपूर्ण सन्देश दिन सफल भएको छ । सम्मेलन अगाडि सरकारले केही कानुनहरु संशोधन गर्दै नेपाल लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको र सरकार कानुनहरुमा सुधार गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ । यो महत्वपूर्ण छ,'उनले भने,'आगामी दिनमा लगानी प्रबद्र्धन गर्न सुधार गर्नुपर्ने अन्य कानुनहरुको सुधारका लागि समेत सरकारले उच्च प्राथमिकता दिने विश्वास लिएको छु ।'

उनले हालै सम्पन्न लगानी सम्मेलन नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्ने महत्वपूर्ण सन्देश दिन सफल भएको बताए। स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग,प्रयोगका लागि प्रोत्साह गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउने बताउँदै उनले उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी रहेको औंल्याए।

अध्यक्ष अग्रवालले नयाँ आर्थिक वर्षबाट नेपालमा विद्यमान अनेक थरि करहरूलाई एकिकृत गर्दै सिमित प्रकारका करहरू (आयकर, भन्सार, अन्तःशुल्क तथा मुल्य अभिवृद्धि कर) मात्र रहने व्यवस्था कायम गर्न आग्रह गरे।  

मूल्य अभिवृद्धि करलाई बहुदरको (०,५,१३ तथा १८) बनाइ उक्त करमा आवद्ध हुनुपर्ने न्युनतम कारोवारको सीमालाई समेत कम गरि सबै करदातालाई आवद्ध गर्नुपर्ने उनको भनाइ छ।  यसबाट नेपाली वस्तुलाई भारतीय वस्तु तथा बजार मुल्यसँग प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा हाल करिब ११५० वटा वस्तु तथा सेवाहरूको गुणस्तर निर्धारण गरिएको भएपनि ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइएको बताउँदै कस्तो गुणस्तरका वस्तुहरू आयात भइरहेको छ भन्ने यकिन नभएको बताए।

यसबाट स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको बताउँदै अध्यक्ष अग्रवालले स्वदेशी उद्योगहरूको संरक्षण तथा आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय छन्/छैनन् विशेष ध्यान दिनुपर्ने बताए।

नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापदण्ड अनिवार्य लागू गर्नुपर्ने बताउँदै अध्यक्ष अग्रवालले भारत सरकारसँग भारतीय गुणस्तर तथा नेपाल गुणस्तर एक अर्कालाई मान्य हुनेगरि सम्झौता वा समझदारीका लागि पहल गर्न समेत अनुरोध  गरे। उनले विद्यमान चुनौतीपूर्ण अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन गम्भिर भएर लाग्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.