जापानी विदेशमन्त्री योकोले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री योकोले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन
सुन्नुहोस्

काठमाडौं : जापानका विदेश मन्त्री कामिकावा योकोले आज दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन्।  काठमाडौं अवतरण गरेलगत्तै दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्। उनले कालभैरव, हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री योकोले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ । - रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.