खानीहरूको उत्खनन् गर्न सके मुलुकले लाभ लिनसक्छ : उद्योगमन्त्री

खानीहरूको उत्खनन् गर्न सके मुलुकले लाभ लिनसक्छ  : उद्योगमन्त्री
सुन्नुहोस्

काठमाडौं : उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकार अग्रसर रहेको बताएका छन्।  उनले आन्तरिक तथा बाह्य लगानीकर्ताका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताएका हुन्। उद्योग,कृषि, पर्यटन,उर्जालगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बी ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट दैलेखमा हुन गइरहेको अन्वेषणात्मक (वेल) 'ड्रिलिङ' कार्यको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक-आर्थिक परिदृश्यलाई रुपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने बताएका हुन्।

मन्त्री भण्डारीले  देशमा रहेका खानीहरूको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताए।

'पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरु पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरुको पूर्ण सम्भावनालाई खोल्न,नवीनता,विज्ञान र प्रविधिको प्रयोग गर्ने संकल्पमा हामी अडिग छौँ,'मन्त्री भण्डारीले भने,' यस काममा नेपाल र चीनबीचको साझेदारीले सीमाना र विविधताभन्दा माथि उठेर मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि र प्रगतिका लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास लिएको छु ।'

जमिन मुनि रहेको प्राकृतिक स्रोतको सफल उत्खननले राष्ट्रको समृद्धिको रेखा कोर्ने उनको भनाइ छ। उनले भने,' यी स्रोतहरूको अन्वेषणले हाम्रो उर्जा सुरक्षालाई बलियो बनाउने मात्र होइन आर्थिक वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार विकासका लागि अभूतपूर्व अवसरहरू पनि प्रस्तुत गर्नेछ ।'

मन्त्री भण्डारीले नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्व खोज तथा अनुसन्धानले देखाएको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.