नेपाली सीमा क्षेत्रमा ब्राउन सुगर पठाउने दुईजना ‘ड्रग्स किंग’ पक्राउ

नेपाली सीमा क्षेत्रमा ब्राउन सुगर पठाउने दुईजना ‘ड्रग्स किंग’ पक्राउ
सुन्नुहोस्

धनगढी : केही दिनअघि भारतीय प्रहरीले पक्राउ गरेका तीन जना ‘ड्रग्स’ कारोबारी अंकित माल्या, विक्की नेपाली भनिने विक्की गुप्ता र सन्नी गुप्तालाई ब्राउन सुगर उपलब्ध गराउने दुई जना ‘ड्रग्स किंग’लाई पनि भारतीय प्रहरीले आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ। 

भारतको लखिमपुर खिरी प्रहरीले टाटरगञ्जका बलबीर भनिने वीरेन्द्र करनवाल र पिलिभितका गग्गी भनिने हरमेश सिह नामक कुख्यात अन्तर्राष्ट्रिय ड्रग्स कारोबारी पक्राउ गरेको हो। स्वीफ्ट डिजायर गाडीमा नेपालको सिमानासम्म ब्राउन सुगर पुगाउने उनीहरूको साथबाट भारतीय प्रहरीले ४०१ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

उनीहरू नेपाल र भारतको सीमा क्षेत्रका कारोबारीलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको भारतीय प्रहरीले जनाएको छ। अंकित माल्या र विक्की गुप्तालाई पक्राउ गरिसकेपछि भारतीय प्रहरीले गरेको अनुसन्धानमा यी दुवै जनाको नाम खुलेको हो। भारतको कवच सेल टोलीको सहायताले उनीहरूलाई पक्राउ गर्न सफल भएको सम्पूर्णानगर थानाका प्रमुख निराला तिवारीले भारतीय सञ्चार माध्यमलाई बनाएका छन्। 

दुवै जनालाई सम्पूर्णानगरको मिल चौराहा भन्ने स्थानबाट पक्राउ गरिएको हो। भारतको कबच सेलले यस्ता तस्करहरूको फोन टेप गर्नेगर्छ। ‘उनीहरूको साथमा रहेको फोन टेप हुन्छ। पक्राउ परेकाहरूले कारोबारको ‘डील’ गर्छन्। प्रहरीले उनीहरूको फोन टेप गरिराख्छ। अनि ‘लोकेशन’मा बोलाइन्छ। के मा आउने ? कस्तो रंगको र कति नम्बरको गाडीमा आउने सबै कुरा रेकर्ड हुन्छ, अनि प्रहरीले समात्छ’ थाना प्रभारी तिवारीले भने। 

केही दिनअघि भारतको पलियामा भएको नेपाल भारत सीमा अधिकारीहरूको बैठकमा नेपाली प्रहरीले भारतीय प्रहरीलाई करिब तीन दर्जन ड्रग्स कारोबारीको नाम, नम्बर र तस्बिर उपलब्ध गराएको थियो। त्यसपछि भारतीय प्रहरी पनि एक्सनमा उत्रिएको हो। भारतमा लोकसभाको चुनाव चलिरहेकाले पनि भारतीय प्रहरीले संदिग्ध सूचीमा रहेकाहरूलाई निगरानीमा राखिरहेको छ। यी दुई जना पनि नेपाल प्रहरीको मोस्ट वान्टडको सूचीमा थिए। 

गतत मंगलबार मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने अंकित माल्या (२५ वर्ष) र सिगहिया कस्बामा डेरा गरि बस्ने विक्की नेपाली भनिने बिक्की गुप्ता (३२ वर्ष) पनि ३९० ग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए। 

त्यसअघि चैत ८ गते भारतको गौरीफन्टा प्रहरीले बनगवा बजारबाट सन्नी गुप्ता, सचिन गुप्तालाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो। सन्नी, अंकित र विक्की गरी तीनै जना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका लागूपदार्थ कारोबारी हुन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.