भेरी करिडोरको मुख्य पूर्वाधार तल्नु बेलिब्रिज सञ्चालन

भेरी करिडोरको मुख्य पूर्वाधार तल्नु बेलिब्रिज सञ्चालन
सुन्नुहोस्

डोल्पा : त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ। जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको भेरी नदीमा बनेको उक्त पुल आजदेखि सञ्चालनमा आएको हो।

भारत नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरको अन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माणकार्य सम्पन्न भएसँगै पुल सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

तीन वर्षअघि पुल निर्माण सुरु भएको उक्त पुल विविध कारणले ढिलासुस्ती भए पनि आफू डोल्पा आएदेखि जिल्ला स्थित राजनीतिक दल,प्रशासन,सुरक्षा निकाय र सञ्चारकर्मीहरूको निरन्तर खबरदारीका कारण पुल सञ्चालनमा ल्याउन सफल भएको उनले बताए।

‘पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, मालबाहक गाडीहरू दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खाको समयमा पनि यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बीचमा पर्ने केही खोलाहरूमा ह्युम पाइप राख्न पहल समेत भइरहेको छ’, प्रजिअ दाहालले भने।

‘करिडोरले भारतको रुपैहिडिया नेपालगञ्ज हुँदै डोल्पा चीनको सीमा क्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्त्वको सडक हो, उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद कुरा हो।’

करिडोरअन्तर्गत नै पर्ने तल्नुबगर, छलगार्ड र खदागंमा पक्की पुल निर्माणका लागि काम समेत सुरु हुन थालिसकेको उनले बताए। भेरी करिडोर कार्यालय जाजरकोटका नायव सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार नै भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए।

पुलले २५ टनसम्म भार थेग्न सक्ने पाइएको समेत उनले बताए। तीन वर्षअघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो। काम सुरु भएको तीन वर्षपछि पुल सञ्चालनमा आएको हो। २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो।

विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भएपनि अहिले पुल निर्माण सकिएर आज देखि पुल सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए। अब बाँकी खोलामा ह्युम पाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ। ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड,खदाङ्ग, त्रिपुराकोटको बेलिबृज पुल यसअघि नै निर्माण भइसकेको छ भने रुपगार्ड खोलाको बेलिबृजको काम सुरु भइसकेको छ।

रुपगार्डको बेलिबृज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोर अन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ। गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज पुल भाँचिए पछि दुई जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.