वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेपाल समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ। 

केही दिनयता काठमाडौं लगायत देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै समाजवादी पार्टीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

बढ्दो वायु प्रदूषण र यसले बालबालिकादेखि आम नागरिकमा स्वास्थ्य जटिलता ल्याएको तर देशव्यापी डढेलो नियन्त्रणमा सरकार उदासिन देखिएको प्रदर्शनमा सहभागीहरूको भनाइ छ।

पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर जवाफदेहिता र बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेपाल समाजवादी पार्टीका नेतृ मानुषी यमी भट्टराईले बताइन्। स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। 

प्रदर्शनमा सहभागीहरुले नेता बस्छन् एसीमा, जनता धुलो धुवाँमा, हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.