वेस्ट इन्डिज ‘ए’विरुद्ध सागर ढकालले लिए पहिलो विकेट
काठमाडौं : वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो विकेट लिएको छ। टीयू क्रिकेट मैदानमा शनिबार टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजका कडिम अलेइनलाई सागल ढकालले आउट गरेका हुन्।
१.४ ओभरमा ढकालको बलमा अलेइनसलाई कप्तान रोहितकुमार पौडेलले क्याच आउट गरे। उनले ६ बलमा ११ रन बनाएर बाहिरिए।
टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ।
नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो।
नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपश्चात आइतबार दोस्रो खेलमा १० रन, बुधबार भएको तेस्रो खेलमा ७६ रनले नेपाल पराजित भएको हो।
आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग टी–२० शृंखला खेलिरहेको हो। आजको खेलपश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकप खेल्नका लागि प्रस्थान गर्नेछ। विश्वकप अघि नेपाली टोलीले वेस्ट इन्डिजमा पनि अभ्यास गर्नेछ।
नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरिसकेको छ। क्यानले विश्वकप खेल्न जाने टोलीलाई शुक्रबार बिदाई गरेको थियो। नेपाली टोली १० वर्षपछि विश्वकप खेल्न लागेको हो। समूह डीमा रहेको नेपालसँग विश्वकपमा नेदरल्याण्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।