महोत्तरीको गौशालामा आगलागी
महोत्तरी : महोत्तरीको गौशालामा आगलागी भएको छ। गौशाला नगरपालिका-२ कठुधार टोलमा आइतबार दिउँसो आगलागी भएको हो। स्थानीय सद्दाम धोवीको घरमा आगलागी भएको हो। जहाँ आगोले २ वटा घरमा क्षति पुर्याएको छ।
आगो नियन्त्रणमा लिनका लागि गौशाला नगरपालिकाको वारुणयन्त्र घटनास्थलमा पुगिसकेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। घटनाका सम्बन्धमा क्षतिको यकिन विवरण आउन बाँकी छ।