कतारी राजाको भ्रमण टोलीमा को को छन्? (सूचीसहित)

कतारी राजाको भ्रमण टोलीमा को को छन्? (सूचीसहित)

काठमाडौं : कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालको औचारिक भ्रमणमा आउँदैछन्। राजा थानी निजी विमानबाट केहीबेरमा काठमाडौं अवतरण गर्दैछन्। राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दैछन्।

राजाको भ्रमण टोलीमा क्याबिनेट मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी छन्।

त्यस्तै एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरी भ्रमण टोलीमा सहभागी छन्। 

राजाको थानीको भ्रमण टोलीले राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझ भेट गर्दैछन्। उनले भोलि नेपाल र कतारबीच द्विपक्षीय बैठक बस्नेछ। जसमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको नेतृत्व गर्नेछन् भने कतारको तर्फबाट राजा थानीले नेतृत्व गर्नेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.