सरकारको आयु छोटिँदै छ : कांग्रेस प्रवक्ता

सरकारको आयु छोटिँदै छ : कांग्रेस प्रवक्ता
सुन्नुहोस्

इटहरी : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन्। सुनसरीमा आयोजित कार्यक्रममा उनले वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिँदै गएको बताए।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएकोसमेत बताए। ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ। कसैले एमालेसँग मिलौं पनि भन्नुभएको छ। सबैको विचारहरू आइरहेका छन्। कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौं। अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैं छोटिँदैछ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलहरूबीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे। अस्थिरताका कारण अन्तर्राष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.