अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने क्रममा निर्देशक डेभिड बार्निया र डिभिजन प्रमुखहरूको फोरमसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा उनले  विभिन्न क्षेत्रका क्षेत्रीय घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री र मोसाद निर्देशकले बन्धकहरूलाई सकेसम्म चाँडो घर फर्काउन निरन्तर प्रयासको महत्त्वलाई उजागर गर्दै युद्धको समयमा देशमा एकताको आवश्यकताबारेमा छलफल गरेको जनाइएको छ । 

'उनीहरू हामीलाई नष्ट गर्न आएकाले यो छुट्टी फरक छ, यो इरान र हमासलगायत प्रोक्सीहरूको दुष्टताको केन्द्रबाट धेरै मूर्त छ', भेटमा प्रधानमन्त्री नेतान्याहुले भने, 'अर्कोतर्फ दासत्वबाट मुक्तिसम्मको अवस्थामा यो पक्ष धेरै मूर्त छ । गाजामा अझै पनि राक्षसी प्रवृत्ति हावी छ ।'

'हामी गाजामा आतङ्कवादलाई हराउन, बन्धकहरूलाई मुक्त गर्न र इरानसहितका खतरालाई हटाउन प्रतिबद्ध छौँ', उनले भने, 'यो ठूलो कामका लागि दुई कुराको आवश्यकता छ, पहिलो दृढ सङ्कल्प र अर्को एकता ।'

'सबैभन्दा पहिला राष्ट्र बाहिरी दबाबले नभई आन्तरिक कलहले टुक्रिन्छ', नेतान्याहुले इजराइलमा आन्तरिक विभाजनका कारण हुने समस्याबारे भने, 'हामी अस्तित्वको खतरामा भएकाले अब आन्तरिक कलहलाई हराउनु पर्छ र अस्तित्वको खतराको सामना गर्न हामीले सेनालाई एकताबद्ध बनाउनुपर्छ र तिनीहरूलाई विभाजित गर्नुहुन्न ।' रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.