झापाको बनियानीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापाको बनियानीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको बनियानीमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शुक्रबार राती ९:५० बजेतिर बनियानी केचना सडक अन्तर्गत कचनकवल गाउँपालिका–६ बनियानीको पेट्रोल पम्प नजिक  केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थिए। 

दुर्घटनामा परी बीआर३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल–४ निवासी ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो। त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १४ वर्षीय संदिप माझी गम्भीर घाइते भएका छन्। उनलाई ओमसाई पाथीभरा हस्पिटल भद्रपुरबाट बीएण्डसी हस्पिटल बिर्तामोड रेर्फर गरिएको छ।

त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल–६ निवासी २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ निवासी अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन्। उनीहरूको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ। यता इलाका प्रहरी कार्यालय बनियानीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.