झिमरुकमा जंगलको आगो बस्तीमा पस्दा ३ घर र ८ गोठ जलेर नष्ट

झिमरुकमा जंगलको आगो बस्तीमा पस्दा ३ घर र ८ गोठ जलेर नष्ट
आगलागीमा परेर नष्ट भएका घरगोठ
सुन्नुहोस्

बुटवल : जंगलमा लागेको आगो बस्तीमा पस्दा प्यूठानको झिमरुक गाउँपालिका-३ मा तीन वटा घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् । गौमुखी गाउँपालिका - ७ नारीकोट भुमेथान नजिक लागेको आगो बस्तीमा पसेको हो ।

आगलागीमा परी झिमरुक–३ धनमुडाका स्थानीय बसन्त पौडेल, गिरु पौडेल र भिम पौडेलको घरमा क्षति भएको छ । आगलागीबाट घरमा भएका लत्ताकपडा, खाद्यान्न लगायत सामग्री पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

स्थानीय आहालखोला, स्याला, भेडावारी र बेओरेका बस्तीमा आगो पसेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा पुगेको आगोबाट भेडावारी र बेओरोमा दुई/दुई वटा र धनमुडामा चार  वटा गोठ जलेर नष्ट भएका छन् । केही भैँसी र बोकाहरु समेत आगोमा परेर जलेका छन् । 

स्यालाको बस्ती आगोको उच्च जोखिमा रहेपनि स्थानीयबासी रातभर जाग्राम बसेर आगो नियन्त्रणमा लिएका छन् । झिमरुक गाउँपालिका–५ स्थित पातीखोरीया सामुदायिक वनमा लागेको आगो टाँडापोखरी बस्ती नजिक पुगेको उपाध्यक्ष पोखरेलले जानकारी दिए । हल्देको बस्ती नजिकमा समेत आगो पुगेको छ । विभिन्न सामुदायिक वनमा आगो लगाउने पहिचान भएको छैन ।

अग्नी पीडितहरुलाई राहत र उद्दारका लागि गाउँपलिकाले तयारी गरिरहेको उपाध्यक्ष पोखरेलले बताए । उनले पीडितहरुको सहयोगका लागि सहयोग गरिदिन् सार्वजनिक अपिल समेत गरे । आगलागीबाट १७ लाख ४९ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.