चौथो मिल्स गोल्डकपमा ८ वटा टिम सहभागी हुने

चौथो मिल्स गोल्डकपमा ८ वटा टिम सहभागी हुने
पत्रकार सम्मेलनमार्फत चौथो संस्करणको मिल्स गोल्डकपका बारेमा जानकारी दिँदै आयोजक । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरमा आयोजना हुने चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएका छन् । मिल्ड गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिल्सको मैदानमा शुक्रबारदेखि प्रतियोगिता सञ्चालन हुँदैछ । 

आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । गोल्डकपका संयोजक मनोज खड्काले प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर,टीडब्लु वाईसी विराटनगर, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल एपीएफ,सिरहाको गोलबजारस्थित प्रतिभा स्पोर्टिङ क्लब, विराटनगरको पेमा युवा क्लब, धरानको फेयर फुटबल क्लब,झापाको कन्काई स्पोर्टिङ क्लब र महोत्तरीको बर्दीबास नगर खेलकुद विकास समिति गोल्डकपमा  सहभागी हुने छन् । 

उद्घाटन खेलमा बर्दीबास नगर खेलकुद विकास समितिले विभागीय टोली एपीएफको सामना गर्नेछ । संयोजक खड्काका अनुसार गोल्डकपको विजेता टोलीलाई २ लाख ११ हजार तथा उपविजेतालाई १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट ७ विधाका खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । गोल्डकपमा सहभागी टोलीलाई यातायात खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराइने जानकारी खड्काले दिए । उनका अनुसार गोल्डकप सम्पन्न गर्न १२ लाख ६८ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

गोल्डकपको फाइनल स्पर्धा वैशाख १५ गते हुने छ । साविक विजेता झापाको ध्रुवतारा फुटबल क्लब यसपटक गोल्डकपमा सहभागी नहुने भएको छ । तेस्रो संस्करणको उपाधि भिडन्तमा धु्रवताराले सिरहाको गोलबजारस्थित प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको थियो । 

प्रतिभा फुटबल क्लबले विराटनगरको साइनो स्पोर्टिङ क्लबलाई २–१ गोलले स्तब्ध बनाउँदै दोस्रो संस्करणको उपाधि जितेको थियो । साइनो स्पोर्टिङ क्लब पहिलो संस्करणको उपाधि भिडन्तमा पनि एपीएफसँग ४–३ गोल अन्तरले पराजित भएको टिम हो । 

२०७७ सालमा सम्पन्न पहिलो संस्करणमा साइनोलाई टाइब्रेकरमा पराजित गरेर विभागीय टोली एपीएफले उपाधि चुमेको थियो । पहिलो संस्करणमा विजेता बनेको एपीएफले ट्राफीसहित १ लाख ५० हजार रुपैयाँ पाएको थियो । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.