करण केसीले पहिलो ओभरमा लिए विकेट
काठमाडौं : करण केसीले पहिलो ओभरमै विकेट लिएका छन्। एसीसी प्रिमियर कपअन्तर्गत साउदीविरुद्धको खेलमा करण दोस्रो बलमै फैजल खानको विकेट लिएका हुन्। फैजल ६ रन बनाएर पेभेलियन फर्किएका हुन्।
वर्षाले पिच प्रभावित पारेपछि नेपाल र साउदीबीचको खेल ८ ओभरमा खेलाइँदैछ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ।