एसीसी प्रिमियर कप

साउदी अरबलाई पराजित गर्दै अविजित यात्रा तय गर्ने लक्ष्यमा नेपाल

साउदी अरबलाई पराजित गर्दै अविजित यात्रा तय गर्ने लक्ष्यमा नेपाल
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा  नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई पराजित गर्दै नेपाल अविजित यात्रा तय गर्ने दाउमा छ।

 

खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेल अगाडि नै नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

सोमबार समूह चरणको तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै एक खेल अगाडि नै नेपाल सेमिफाइनल पुगेको हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो। 

समूह ‘ए’ मा नेपालसहित साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। उक्त समूहमा नेपालको ६ अंकको साथ शीर्ष स्थानमा छ। त्यसैगरी,कतारको ४ अंक, साउदी,मलेसिया र हङकङको समान २ अंक छ। 

समूह ‘ए’बाट मलेसिया र हङकङ पनि आज नै खेल्दैछन्। 

समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान ६ अंकका साथ शीर्ष स्थान, कुवेत र युएई चार अंककै साथ दोस्रो स्थानमा छन्। आज ओमान र कुवेत, यूएई र कम्बोडियाबीच पनि खेल हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.