योगाभ्यास मोह

योगाभ्यास मोह
सुन्नुहोस्

तानसेन : अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर बिरामी र अस्पताल तथा स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ। गाउँको सामुदायिक स्वास्थ्य केन्द्रदेखि राजधानी काठमाडौंंसम्मका ठूला अस्पतालहरूसम्म विभिन्न रोगका बिरामीहरूले भरिएका छन्। 

सरकारले नागरिकको उपचारका लागि अर्बौं रकम खर्च गरे पनि नत बिरामीको संख्या घटेको छ न अस्पतालका बेडहरू खाली भएका छन्। स्वास्थ्य स्थिति दिनहुँँ भयावह बन्दै जाँदा, मन वचन कर्म र शरीरलाई स्वस्थ्य राख्ने योग शिक्षा र योग अभ्यासको मोह भने दिनप्रति दिन बढ्दै गएको छ। 

अहिले गाउँ सहर जताततै सर्नेभन्दा नसर्ने रोगहरूको अवस्था भयावह छ। २५ वर्ष नपुग्दै मानिसमा सुगर, ब्लड प्रेसर, कोलस्ट्रोल, क्यान्सर, थाइराइड, मुटु रोग, ढाड कम्मर जस्ता रोगले सताउँदै लगेको छ। सरकारले रोग लागेपछि उपचार गर्न ठूलाठूला अस्पताल बनाएको छ। हजारौं डाक्टर नर्स उत्पादन गरेको छ। जटिल किसिमका रोगहरू भयावह बन्दै गएको अवस्थामा मन, मस्तिष्क र शरीरलाई सधैं स्वस्थ राख्ने योग शिक्षालाई नागरिक तथा विभिन्न संघसंस्थाहरूले प्राथमिकता दिँदै आएका छन्। मन वचन र कर्मलाई स्वस्थ राख्ने, शरीरलाई निरोगी बनाउने एक मात्र औषधि भनेको नियमित योग अभ्यास भएकाले सिक्ने र सिकाउने अभियानमा जुटेको पतञ्जली योग समिति पाल्पाका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले बताए। 

अहिले सर्ने रोगभन्दा नसर्ने प्रकृतिका रोगहरूको संख्या बढ्दै गएकाले सोही कारण धेरै मानिसको मृत्यु भइरहेको छ। अस्पताहरूमा पनि सर्नेभन्दा नसर्ने रोगका बिरामीहरू बढी आउने गरेका छन्। विभिन्न किसिमको तनावको कारण मानसिक रोगी र आत्महत्याका घटनाहरू बढ्दै गएका छन्। सरकारले उपचार सँगै योग शिक्षा र जनचेतना अभियानलाई प्राथमिकता दिएर काम गर्नुपर्ने पाल्पा अस्पतालकी नर्सिङ प्रमुख एवं पतञ्जलि महिला योग समितिकी अध्यक्ष लक्ष्मी जिसी कार्कीले बताइन्। 

समितिले नियमित रूपमा बिहान ५ देखि ७ बजेसम्म विशाल बजारको शाही केन्द्र मन्दिरमा निःशुल्क रूपमा योग अभ्यास गराउँदै आएको र जोसुकै व्यक्ति पनि अभ्यासमा सहभागी हुन पाउने व्यवस्था मिलाएको कोषाध्यक्ष पद्मा भट्टराईले बताइन्। 

दैनिक योग अभ्यासबाट शरीरमा देखिएका रोगहरू हट्दै जाने र शरीरलाई अन्य रोग लाग्नबाट बचाउन सकिने महसुस आफूले गरेको विगत ५ वर्षदेखि नियमित योग अभ्यासमा लागेकी तानसेन सिल्खानटोलकी कल्पना भट्टराईले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.