बर्दियामा आगलागीबारे पूर्व सचेतना अभ्यास
गुलरिया : बर्दियाको गुलरिया नगरपालिका-३ हस्नापुर कट्टी स्थित सशस्त्र प्रहरी वल नेपालको बीओपी पोस्ट नजिकै रहेको सरजुनदी भगर परिषरमा आगलागी पूर्व सचेतना अभ्यास गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाको आयोजनामा सचेतना अभ्यास गरिएको छ। अभ्यासका क्रममा आगलागी कसरी हुन्छ, यसबाट जोगिन के गर्ने, आगलागी भइसकेपछि घरपरिवारले कसो गर्ने गर्ने तथा आगो नियन्त्रणका बेला सुरक्षाकर्मी, स्थानीय समुदाय लगायत सरोकारवालाहरुको भूमिकाका बारेमा जानकारी गराइएको थियो।