महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

काठमाडौं : महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन भएका छन्।  मंगलबार संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्न आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि समितिले रायाविरुद्ध उजुरी आह्वान गर्दा एकमात्र उजुरी परेको थियो। प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाई पछि रायालाई नियुक्तिका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए।

त्यसअघि संसदीय सुनुवाईका क्रममा रायाले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए । उनले लेखापरीक्षणबाट औल्याएका विषयहरुलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए। समयमा नै लेखा परिक्षण हुन नसकेका निकायहरुलाई तत्काल लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने उनको भनाई छ। उनले बेरुजुको विषयमा प्रदेशहरुसँग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औल्याए।

गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि सो पद रिक्त थियो। संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ। राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव थिए।  उनी ६ वर्षका लागि महालेखा परीक्षकमा हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.