गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : सत्ता गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ।

उनीहरुबीच सुदूरपश्चिम प्रदेशको सरकार गठन, उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सुदूरपश्चिमबाट ब्याक गराउन छलफल केन्द्रित गरेका हुन्।

सुदूरपश्चिममा एकीकृत समाजवादी विद्रोह गर्दै प्रतिपक्षी कांग्रेससँग नयाँ गठबन्धनका लागि टाँसिएपछि राष्ट्रिय राजनीतिमा हलचल पैदा भएको छ। यससँगै संघीय र केही प्रादेशिक सरकारको भविष्य अन्योलमा परेको छ। 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सुदूरपश्चिममा सरकार बनाउनेबारे बालुवाटारमा आइतबार छलफल भएको थियो। उक्त छलफलमा सुदूरपश्चिम नागरिक उन्मुक्तिलाई दिने प्रस्ताव आउनेबित्तिकै माधव कुमार नेपाल बैठक छोडेर हिँडेका थिए।  

त्यसपछि सत्ता गठबन्धनकै घटक दल नेकपा एकीकृत समाजवादीले कांग्रेसको गठबन्धनमा सहभागी भएर नागरिक उन्मुक्ति (रेशम पक्ष) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थनमा  गरेको छ। समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घबहादुर सोडारी आफैं प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो समर्थन कांग्रेस, उन्मुक्ति (रेशम पक्ष)गठबन्धनमा रहेको दाबी गरेका छन्।

यता एमाले-माओवादीको गठबन्धनले कैलाश चौधरीलाई मुख्य मन्त्री बनाउन दाबी पेश गरेका छन्। लक्ष्मण किशोरले कांग्रेसका १८, उन्मुक्तिका ७,समाजवादीका ४ र राप्रपा १ गरी आफूसँग ३० जनाको समर्थन रहेको दाबी गरेका छन्। 

तर, नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि आफूसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक जना गरी २९ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। 

कैलाश चौधरी उन्मुक्तिकी अध्यक्ष रञ्जिता पक्षका हुन्।  मुख्यमन्त्रीका लागि दुईजनाको दाबी पेस भएकाले कसलाई नियुक्त गर्ने विषयमा अन्यौल देखिएको छ। कानुनी परामर्शपछि दुवै पक्षलाई सनाखतका लागि बोलाएर बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गरिने भएको छ। 

मुख्यमन्त्री नदिएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेस र उन्मुक्तिको रेशम पक्षलाई सहयोग गरेको हो। आइतबार नेपाली कांग्रेस, उन्मुक्तिको रेशम चौधरी समूह, समाजवादी र राप्रपाले मुख्यमन्त्रीमा उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएपछि सत्ता गठबन्धन नै धरापमा परेको हो। समाजवादीले आफ्नो भागमा परेको मुख्यमन्त्रीको पद शीर्ष नेताहरूले काटेको आरोप लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.