'अमेरिका इरानसँग तनाव बढाउन चाहँदैन तर इजरायलको पक्षमा उभिन्छ'

'अमेरिका इरानसँग तनाव बढाउन चाहँदैन तर इजरायलको पक्षमा उभिन्छ'
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन। तस्बिर : बीबीसी।
सुन्नुहोस्

इरानले इजरायलमा आक्रमण गरेपछिको मध्यपूर्वको अवस्थालाई लिएर अमेरिका र इराकबीच वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग मध्यपूर्वको सुरक्षाका विषयमा कुराकानी गरेका छन् ।

इरानले शनिबार इजरायलमा सयौं ड्रोन तथा मिसाइलद्वारा आक्रमण गरेको थियो। ब्लिन्केनले तमिमलाई अमेरिका इरानसँग तनाव बढाउन नचाहने तर इजरायलसँग उभिने बताए ।

तमिमले आफ्नो सरकारको तर्फबाट क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा पैदा गरेकोमा चिन्ता व्यक्त गरेका छन् । 

इरानले शनिबार राति इजरायलमा करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको छ । इजरायली आकाशमा प्रवेश गर्नु अघि लगभग ९९ प्रतिशत ड्रोन र मिसाइलहरू खसालेको इजरायलले‍ दावी गरेको छ।

इरानले यस हमलालाई सिरियाको राजधानी दमास्कसमा अप्रिल १ मा भएको इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको बदलाको रूपमा वर्णन गरेको छ।

यस हमलामा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।

इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको इजरायलले जिम्मेवारी लिएको छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.