गठबन्धनमा किचलो

मलाई २९ जना सांसदको समर्थन छ : कैलाश चौधरी

मलाई २९ जना सांसदको समर्थन छ : कैलाश चौधरी
कैलाश चौधरी

तपाईं सत्ता गठबन्धनको पक्षधर, समाजवादी कसरी फुत्कियो ?

होइन, समाजवादीको पनि मुख्यमन्त्रीमा दाबी थियो। शीर्ष नेताहरूले कतिबेला केही निर्णय गर्छन्, कतिबेला केही। समाजवादीलाई दिने भनेपछि उसैलाई दिनुपथ्र्यो तर पछि हाम्रो भागमा परेछ।

हाम्रो भागमा परेपछि समाजवादीका यताका नेताहरू रिसाए, कांग्रेससँग लागेछन्। तर, मेरो कुराकानी भइरहेको छ। अहिले प्रदेशमा गठबन्धन बाहिर गयो भने केन्द्रमा पनि प्रभाव पर्छ। त्यसैले मलाई आशा छ, मंगलबारसम्म समाजवादीका साथीहरू सत्ता गठबन्धनमै फर्किनु हुनेछ।

भनेपछि, तपाईंको पक्षमा आउँछन् भन्न खोज्नु भएको हो ?

एकदमै, मलाई समर्थन गर्नुहुन्छ। मलाई त्यो विश्वास छ। आफ्नो भाग काटेकाले शीर्ष नेताहरूलाई दबाब होस् भनेर समाजवादीका स्थानीय साथीहरूले यस्तो गरेका हुन सक्छन्। तर अन्तिममा आएर उहाँहरूले मलाई समर्थन गर्नहुन्छन् भन्नेमा म विश्वस्त छु। तपाईंको पार्टीबाट संसदीय दलका नेता भनेर

तपाईंको र घनश्याम चौधरीको गरी दुइटा नाम गएका छन्। को हो दलको नेता ?

म हुँ नि दलको नेता त। हाम्रो पार्टीले घनश्यामजीलाई हटाएर मलाई दलको नेता बनाएको सबैलाई थाहा छ नि ! अनि नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता म भइन् त ?

संसदीय दलको नेता पार्टीले बनाउने हो र ? त्यो त बहुमत प्रदेशसभा सदस्यले चुन्ने होइन ?

हो, तर पार्टी भनेको केही होइन ? पार्टीको विधान छैन ? पार्टीबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरूले पार्टीको अध्यक्षले भनेको मान्नु पर्दैन ? पार्टी विधिबाट चल्नुपर्दैन ? राजनीतिक दलसम्बन्धी ऐन छ, नियमावली छ, त्यसअनुसार होला त, सबै कुरा ?

हाम्रो पार्टीेको विधानमा सबै कुरा पार्टी अध्यक्ष हो। हाम्रो पार्टीको विधानमा के पास भएको छ भने माथि जे सुकै भए पनि अध्यक्षले गरेको निर्णय अन्तिम र बहुमतले गरेको मानिने छ भनेर लेखिएको छ। हाम्रो पार्टीमा अध्यक्षले गरेको निर्णय अन्तिम निर्णय हो। त्यसैले पार्टीले मलाई संसदीय दलको नेता चुनेको छ। म नै संसदीय दलको नेता हुँ।

आइतबार तपाईंले पनि दाबी पेस गर्नुभएको छ, बहुमत पुग्छ त ?
बहुमत नपुगेको भए मैले कसरी मुख्यमन्त्रीमा दाबी पेस गर्थे र ? मसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र गरी २९ जनाको समर्थन छ। प्रदेशको मुख्यमन्त्री हुन २७ सदस्य बहुमत होइन र ? मसँग २९ जनाको समर्थन छ।

कसरी पत्याउने ? ५ जना रेशम चौधरीतिर छन्। तपाईंहरू २ जना मात्रै होइन र ?

रेशम चौधरी पार्टीको संस्थापक हुनुहुन्छ। म उहाँलाई इज्जत र सम्मान गर्छु। उहाँलाई हामीले संरक्षकका रूपमा सम्मान गर्दै आएका पनि छौं। यसपछि पनि गर्ने छौं। उहाँले जन्माएको पार्टी हो। उहाँको यस पार्टी जन्माउनमा महत्वपूर्ण योगदान छ तर पार्टी भनेको पार्टी हो। 

त्यसको विधान हुन्छ, हामी सबै त्यो विधानअनुसार चल्न बाध्य हुनुपर्छ। निर्वाचन आयोगले रेशम चौधरीलाई मान्यनता नदिएपछि त अहिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी हो। संरक्षक एक सम्मान होला, तर पार्टी चलाउने, पार्टीमा निर्णय लागू हुने त अध्यक्षको होला नि !

ल तपाईं मुख्यमन्त्री नियुक्त हुनुभयो। तर, विश्वासको मत दिने बेला रेशम पक्षका ५ जनाले मत हालेनन् भने कसरी बहुमत पुग्छ ?

हाल्छन् नि ! दलसम्बन्धी ऐनमा पार्टीले ह्विप लगाउन सक्ने प्रावधान छ। पार्टीको ह्विप नमान्ने सदस्यलाई कारबाही गर्न सक्ने प्रावधान छ। जे कानुनमा छ, त्योअनुसार हुँदै जाला नि !

-शिवराज भट्टसँगको कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.