सुरक्षा खतरा भन्दै पेरिस ओलम्पिकको उद्घाटन समारोह सार्ने राष्ट्रपतिको घोषणा

सुरक्षा खतरा भन्दै पेरिस ओलम्पिकको उद्घाटन समारोह सार्ने राष्ट्रपतिको घोषणा
सुन्नुहोस्

पेरिस : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्‍घाटन समारोह सर्न सकिने बताएका छन्। युक्रेन र गाजामा युद्ध सुरु भएपछि जुलाई २६ मा हुने उद्‍घाटन समारोहलाई उनले सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका हुन्।

बिएफएमटिभी र आरएमसीसँगको अन्तरवार्तामा उनले उद्‍घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्नसक्ने समेत बताए। मुख्य रंगशालामा खेलहरू उद्‍घाटन गर्ने परम्परालाई तोड्दै पेरिस आयोजकहरूले ओलम्पिक इतिहासमा अभूतपूर्व समारोहको आयोजना बनाएका छन्। 

उनले खेलका क्रममा ओलम्पिक युद्धविरामका लागि ‘हरसम्भव प्रयास’ गर्नेुसमेत बताए। युद्धविराम ओलम्पिकको समयमा शान्ति कायम गर्ने ऐतिहासिक परम्परा रहेको उनको भनाइ छ।। 'हामी ओलम्पिक युद्धविरामको दिशामा काम गर्न चाहन्छौं। यो मेरा लागि हाम्रा धेरै साझेदारहरूसँग संलग्न हुने अवसर भएको मलाई लागेको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.