बैंक र व्यवसायी छुट्ट्याउने कसरत

बैंक र व्यवसायी छुट्ट्याउने कसरत
सुन्नुहोस्

कुनै बेला नेपाली आफैंले बैंक खोल्न सक्ने ल्याकतै राख्दैनथे । विदेशी बैंकलाई गुहारेर उनीहरूकै अनुभव मिसाउँदै साझेदारीमा निजी क्षेत्रलाई बैंक खोल्न दिनु परेको थियो । त्यसपछि पनि बैंक खोल्न सक्ने पैसा नेपालीसँग नहुँदा थोरैथोरै पुँजीलाई पनि मान्यता दिएर हौस्याइयो । मुलुकमा सयौं बैंक, वित्तीय संस्था खुले । समयकालसँगै तिनलाई गाभेर अचेल संख्या कम गराइएको छ । बैंकहरूको पुँजी पनि निकै ठूलो आकारको हुँदै आएको छ । एउटै परियोजनामा एउटामात्रै बैंकले लगानी गर्न नसक्ने अवस्था पनि विस्तारै अन्त्य हुँदैछ ।

बेला यस्ता पनि थियो बैंक चलाउने व्यवसायी पनि उही, बिमा चलाउने पनि उही र उद्योगधन्दा चलाउने पनि उही । किन त्यस्तो भयो भने ती संस्था चलाउने छुट्टाछुट्टै व्यवसायीको संख्या नै मुलुकमा अभाव थियो । पछि नियमन गर्दै छुट्ट्याउन खोजिएको छ । र, अहिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) मा संशोधन विधेयक दर्ता छ, जसमा बैंक सञ्चालक र व्यवसायी छुट्ट्याउने व्यवस्थाहरू छन् । एक प्रतिशतभन्दा सेयर लगानी कुनै बैंक वित्तीय संस्थामा भएको व्यक्तिले अर्काे कुनै पनि बैंकबाट ऋण लिन नपाउनेसम्मको कडा प्रावधान त्यसमा समेटिएको छ । राष्ट्र बैंकले तोकेका घरायसी कर्जाबाहेक संस्थापकले एक रुपैयाँ पनि ऋण लिन नपाउने प्रावधानले बैंकिङ क्षेत्र तरंगित छ । 

हो, स्वार्थ बाझिने गरी कसैलाई पनि मौका दिनु हुँदैन । र, आफैं सञ्चालक र आफैं ऋणी बन्न सुविधा हुँदा दुरुपयोगको सम्भावना पनि उत्तिकै हुन्छ । स्वार्थ बाझिने र दुरुपयोगको सम्भावनालाई चाहिँ रोक्ने तगारा चाहिन्छन् । तर  बैंकमा एक प्रतिशतभन्दा माथिको लगानीकर्ता हुँदा कतैबाट पनि ऋण लिन नपाउने प्रावधानचाहिँ कठोरमात्रै भएन कि व्यक्तिको अधिकारमाथिकै रोकावट पनि भयो । कुनै व्यक्ति बैंक लगानीकर्ता हुँदाहुँदै अरू उद्यम व्यवसाय गर्न सक्नेछ, भने उसको प्रतिभा र क्षमतामाथि बन्देज लाग्ने अवस्था आउन दिनु हुँदैन । बैंक ऋण लिने प्रावधानमा सुरक्षाका तमाम प्रक्रिया अपनाउने कुरामा कडाइ चाहिँ हुनैपर्छ ।

तर बैंक लगानीकर्ता हुनेबित्तिकै अरू कुनै पनि काम नगर हात बाँधेर बस भन्नु चाहिँ सुहाउँदो होइन । त्यसले उद्यमशीलतालाई पनि मार्छ । र, स्वदेशका लगानीकर्तालाई निरुत्साहित पार्ने खालका कानुन बनाउनु पनि हुँदैन । अहिले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने बेला हो, यस्तै बेला लगानीकर्तालाई नै निरुत्साहित गर्ने हो भने समृद्धि कसरी आउँछ ? स्वार्थ नबाझियोस् भनेर बैंक र व्यवसायी छुट्ट्याउने मनसाय सही हुँदा हुँदै बेला चाहिँ नभएको हो कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.