राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज : विमला र विष्णुदेवीबीच प्रतिस्पर्धा

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज : विमला र विष्णुदेवीबीच प्रतिस्पर्धा
तस्बिर : रासस

काठमाडौं : संसद्को माथिल्लो सदन राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ। उपाध्यक्ष पदका लागि एमालेकी विमला घिमिरे र कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट एमालेकी घिमिरेले उम्मेदवारी दिएकी हुन् भने विपक्षी कांग्रेसकी सांसद पुडासैनी पनि प्रतिस्पर्धामा उत्रेकी छिन्। 

सचिवालयका अनुसार मंगलबार दुई जनाको मात्रै उम्मेदवारी परेको छ।कांग्रेस संसदीय कार्यसमितिको मंगलबारको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।

  निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि पद रिक्त थियो। एमाले सम्मिलित नयाँ समीकरण बनेपछि सभाको अध्यक्ष माओवादी केन्द्रले लिने र  उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो। सोहीअनुसार माओवादी केन्द्रका नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भएका थिए।

५९ सदस्यीय राष्ट्रियसभामा हाल माओवादी केन्द्रका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन्। २ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्। एक जना मनोनीत हुन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.