बर्दिया राष्ट्रिय निकुञ्जको हस्तक्षेपकारी कार्य स्थानीयले बहिष्कार गर्ने

बर्दिया राष्ट्रिय निकुञ्जको हस्तक्षेपकारी कार्य स्थानीयले बहिष्कार गर्ने

गुलरिया : बर्दियाको गेरुवा गाउँपालिकाका स्थानीयले बर्दिया राष्ट्रिय निकुञ्जको हस्तक्षेपकारी कार्यको बहिष्कार गर्ने भएका छन्। 

पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र पश्चिममा कर्णाली नदीको बीच टापुमा अवस्थित गेरुवाका नागरिकहरूले बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र परित्याग संघर्ष समिति घोषणा गर्दै मध्यवर्ती क्षेत्र खारेजीको माग गरेका हुन्।

संघर्ष समितिका सचिव दयाराम वैद्यले मंगलबार बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै निकुञ्जको हस्तक्षेपकारी कार्यको बहिष्कार गर्ने जानकारी गराएका छन्। 

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा सिमांकनअन्तर्गत गेरुवा गाउँपालिकाको ६ वटै वडाहरूका बासिन्दाहरूले व्यक्तिगत निजी सम्पत्ति समेत उपयोग गर्न निकै झन्झट, दुःख, कष्ट पाई वञ्चित हुनु परेकाले मध्यवर्ती पश्चिम सेक्टरका हस्तक्षेपकारी कार्यहरू बहिष्कार गरिने पत्रमा उल्लेख गरिएको छ।

समितिले गेरुवा गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय बर्दिया, वन वातावरण तथा पर्यटन मन्त्रालय दाङ र वन मन्त्रालयमा पत्रको बोधार्थ पठाएको छ। कर्णाली किनारसम्म निकुञ्जको मध्यवर्ती क्षेत्र बनेपछि स्थानीय नागरिक लगायत पालिकाको विकासमा कठिनाइ परेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताए। 

गेरुवा गाउँपालिकाका स्थानीयको तर्फबाट मध्यवर्ती क्षेत्र खारेजीको मागसहितको पत्र इमेलमार्फत जानकारी प्राप्त भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.