मिथिलामा आज होली : अबिरसँगै धूलो पनि उडाइँदै

मिथिलामा आज होली : अबिरसँगै धूलो पनि उडाइँदै
फाइल तस्बिर

विराटनगर : असत्यमाथि  सत्यको जीत तथा सामाजिक सदभाव बढाउने पर्वको रुपमा रहेको होलीको रौनकता सर्वत्र छाएको छ । एकअर्काबीचमा रहेको पुरानो मनमुटावलाई समाप्त गरी समाजमा सद्भाव र आपसी प्रेम बढाउने प्रतिकको रुपमा मनाउने होली पर्वको रौनकता केहि दिनयता सर्वत्र छाएको हो  ।

आइतबार पहाड तथा सोमवार तराईमधेशमा होली मनाउने भएपनि यस वर्ष होलीको मौलिक अझ व्यापक रुपमा स्थापना गर्न मधेश प्रदेशमा मङलवार समेत होली मनाउने तय भएको छ । पहाडमा होली खेलेर होलीका दहन गर्ने र मिथिलामा होलीका दहन गरेर होली खेल्ने परम्परा रहेका नेपालमा दुई दिन होली हुने गरेको धार्मिक गुरुले बताएका छन् । पहाड तथा शहरी क्षेत्रमा  आइतबार नै होली मनाएका छन् भने सोमबार (आज)तराई मधेशमा होली मनाउने लागेको हो  ।

आइतबार साँझ तराई मधेशमा होलीका दहन  हुने पण्डित महेन्द्रनारायण ठाकुरले बताए  । 

फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै 'जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।  पहिले पहिले गाउँघरमा दूध र मसलामिश्रित भाङ तयार हुन्थ्यो।   होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे।  होलैतालाई भाङ,अबिर,पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो।  होलीमा भाङलाई अहिले मदिराले विस्थापित गरेको छ।

null
  
तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ। फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ। होलीमा रङ्ग र अबिरसँगै धुलो पनि उडाइन्छ ।  प्राध्यापक परमेश्वर कापडीले रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ। विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ।

होलीले समाजमा आपसी रिस,द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सदभाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ । होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ । डा.रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन्। उनले भने,'होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिएपनि यो कहिलेदेखि फागुमा जोडियो, त्यसको यकिन छैन।'

आधुनिकताको विकाससँगै मधेशका युवाशक्तिले परम्परागत रुपमा मिथिलाको लोक सस्कृतिसँग जोडिएको होली पर्व प्रति आकर्षक नहुँदा रौनकतामा कमी आएको छ । पछिल्लो समय शहरी क्षेत्रमा पनि होलीको मौलिक परम्परा स्थापीत गर्न र युवा पुस्तालाई त्यस तर्फ आकर्षीत विभिन्न कार्यक्रम गर्ने गरेको पाइएको छ । मिथिला संस्कृति संरक्षण तथा प्रवद्र्धनमा संक्रियताका साथ लागेको विराटनगरका प्रविण नारायण चौधरीले होलीको मौलिक परम्परा स्थापना गर्न युवा पुस्तालाई त्यस त्यस तर्फ आकर्षण गर्नुको विकल्प नभएको बताए ।  

बसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म  मिथिलाञ्चलका घर, गाउँटोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने चलन हराउन थालेका छन् । तर, होली नजिकिदै जाँदा समाजका अगुवाहरूले दसई दिनदेखि होली गाउन थालेका छन् । मिथिला समाज गृहस्थी अर्थात कृर्षी पेसामा अधारित रहेकाले संस्कृतिको परिवेश समेत त्यही अनुकूल नै रहेकाले पहेरदारी गरेर अघि बढ्नुपर्नेछ ।  होली पछि गहुँ भित्राउन किसानलाई हम्मेहम्मे रहेको बेला भेटघाट पात्लिने भएकाले करिब एक महिनासम्म समाजका अगुवाहरूले विभिन्न प्रकारका उतार चढाउ र दु:खको साथै प्राप्त गरेको सफलताका विषयमा केन्द्रित भएर कुराकानी समेत गर्ने गरेको थियो । अहोरात्रसम्म समाजका अगुवा तथा युवाहरूले एक महिनासम्म होलीका गाउँदै आएकोमा विगत १० वर्षदेखि क्रमिक रुपम कमी आएको   सप्तरीका योगेन्द्र मण्डलले बताए । 

परम्परागत रुपमा मनाइँदै आएको  ढोल,मृदङ्ग नै बज्न थालेको छ ,चौधरीले भने,‘यद्यपि थोरै मात्रामा ग्रामीण भेगमा भने केहि दिन देखि कतैकतै सुनिन्छ ।’ होली गीतमा पहिले कामोत्सवको मर्म, धामिर्क र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको हुन्थ्यो । तर, आधुनिकता र शहरीकरणले  उच्छृङखल गीतहरु आएकाले माधुर्यता र प्रेमभाव मिसिएको होली गीत विरलै सुन्न पाइने गरेको दानालाल  योगेन्द्र मण्डलले बताए ।  ‘जोगिरा सर...र...र... कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग....कौन तालपर गारिया नाचे, कौन तालपर हम’ गीत  सुन्न सकिन्छ , मृदङ्ग, ढोल, डम्फुको स्वर नै सुनिन्छ । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले होलीको पौराणिकता, दिनहुँजसो हुने झै–झगडा, राग द्वेषका कारण होली पर्वको रौनकता हराएको पाइन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.