झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन ५ सय प्रहरी परिचालन गरिने

झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन ५ सय प्रहरी परिचालन गरिने
सुन्नुहोस्

झापा : झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिने भएको छ। 

भोलि सोमबार झापासहित तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। 

होलीलाई मित्रवत् पर्वका रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ। होलीका लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने, ‘भोलि बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन हुन्छ। विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरूलाई निर्देशन दिइसकेका छौँ।’

आज जिल्लाभरका इञ्चार्जहरूलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइसकेको उनको भनाई छ। होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रंग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने उनले बताए। 

साथै बालबालिकाहरूलाई होली खेल्ने, खेलाउने र लोला हान्ने कार्यमा प्रयोग नगर्न, घरको छतबाट लोला हान्ने, रंग छ्याप्ने, जथाभाबी लोला हान्दा आपसी झैँ–झगडा बढाउने र अप्रिय घटनाहरू समेत निम्त्याउन सक्ने तथा लोला लागेर मान्छेहरू घाइते समेत हुन सक्ने हुँदा सभ्य तरिकाले होली मनाउन उनले आग्रह गरेका छन्।

होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल  गरेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.