कपडा पसल र घरमा आगलागीबाट ६ लाख ५० हजारको क्षति

कपडा पसल र घरमा आगलागीबाट ६ लाख ५० हजारको क्षति
सुन्नुहोस्

विराटनगर  : मोरङका अलगअलग स्थानका कपडा पसल र घरमा आगलागी हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको छ । विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिल्सनजिक रहेको पदम सुब्बाको काठले बनेको कर्कट पाताको छानो भएको १ तले घरमा आइतबार राति १०:१० बजेतिर आगलागी भएको हो ।

 सुब्बाको घर भाडामा लिएर विराटनगर–१५ की प्रीति प्रधानले रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीका अनुसार कपडा पसलबाट आगलागी सुरु भएको हो । आगोले पसलभित्र रहेको केही कपडा जलेका छन् । घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको टोली तथा स्थानीय र दमकलको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

तत्काल आगो नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुन नपाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । त्यस्तै,मोरङको बूढीगंगा गाउँपालिका–४ भवानीपुरस्थित एउटा घरमा आगलागी भएको छ । ज्ञानश्वरी सरदारको फुसको छानो भएको घरमा राति १० : ३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

आगोले घर, ज ३ प १६०८ नम्बरको पल्सर मोटरसाइकलसहित घरभित्र रहेका अन्नपात,भाँडावर्तन र लत्ताकपडा पूर्णरूपले जलेर ध्वस्त भएको बस्नेतले बताए । उनका अनुसार आगलागीमा परेर ४ लाख बराबरको क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोली,दमकल र स्थानीयको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.