सरकारसँग न्याय माग्दै बेपत्ताका परिवार

सरकारसँग न्याय माग्दै बेपत्ताका परिवार
सुन्नुहोस्

गुलरिया : अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसका अवसरमा बर्दियाका द्वन्द्व पीडितहरूले न्याय माग्दै सरकारको ढोका ढक्ढक्याएका छन्। 

द्वन्द्व पीडित समिति बर्दियाको नेतृत्वमा द्वन्द्वकालीन बेपत्ता व्यक्तिका परिवारले र्‍याली, धर्ना, कोणसभा एवं अन्तरक्रियामार्फत न्यायसँगै सत्यको अधिकार सुनिश्चितताका लागि सरकारलाई दबाब दिएका हुन्।

बर्दियाको गुलरियास्थित मातंगी चोकबाट निस्किएको र्‍यालीले गणेशमान चोक, जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि हुँदै राधाकृष्ण चोकमा पुगी कोणसभा गरेका छन्। 

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कृष्ण गौतमले सभालाई सम्बोधन गर्दै द्वन्द्व पीडितहरूलाई न्याय दिन राज्य गम्भीरतापूर्वक लाग्नुपर्ने बताए। त्यस्तै सरकारले सत्य सार्वजनिक नगरी बेपत्ताका परिवारहरू माथि अन्याय गरेको पीडितहरूले बताएका छन्। 
बर्दियामा २ सय ५० जना बेपत्ता भएको तथ्यांक छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.