विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित
तस्बिर : एन्फा
सुन्नुहोस्

साउदी अरेबियामा : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा विश्वकप छनोटमा खेलमा पराजित भएको छ।  गएराति रफास्थित बहराइन नेसनल स्टडियममा भएको खेलमा बहराइनसँग ५-० गोल अन्तरले नेपाल पराजित भएको हो। 

खेलको सुरुवातीदेखि नै बहराइनले नेपाललाई दबाबमा राख्दै खेलको दोस्रो मिनेटमा मेहदी अल–हुमैदनले पहिलो गोल गरेका थिए। लगत्तै ८ मिनेटमा बहराइनका सयद नासेरले दोस्रो र अतिरिक्त समयको अन्तिम ४८ औं मिनेटमा अली मदनले १ गोल गरी पहिलो हाफमा नेपाललाई ३-० गोलको अन्तरले पछाडि परेको थियो ।

खेलको दोस्रो हाफमा पनि बहराइनले नेपाललाई दबाबमा राख्दै ८७ औं मिनेटमा इब्राहिम अल–खटाईले १ गोल र अतिरिक्त समयमा इस्माइल अब्दुलातिफले पेलान्टीद्वारा १  गोल प्रहार गरेको हो।

यो खेलसँगै  एसिया समूह एचमा तीन खेलबाट ९ अंक जोडेको युएई शीर्ष स्थानमा छ भने ६ अंक जोडेको बहराइन दोस्रो स्थानमा रहँदा ३ अंकका साथ यमन तेस्रो स्थानमा रहेको छ। अंकविहीन नेपाल भने पुछारमा रहेको छ। नेपालले यसअघि खेलेका २ खेलमा हार बेहोरेको  थियो। पहिलो खेलमा युएईसँग ४-० र यमनसँग २-० गोल अन्तरले हारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.