हजुरआमाको हत्या गरी शव गाडेको अवस्थामा फेला, नातीसहित चार पक्राउ

हजुरआमाको हत्या गरी शव गाडेको अवस्थामा फेला, नातीसहित चार पक्राउ
सुन्नुहोस्

झापा : झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ। वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातीसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ। 

झापा गौरादह नगरपालिका-७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाती १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए। घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको हो। 

लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउको रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए। हत्या पश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए। पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले आज बिहान प्रहरीमा उजुरी दिएका थिए। 

‘प्रहरीमा उजुरी परेलगतै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला पर्‍यो,’ एसपी केसीले भने। नाती धिरजले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको बताउँदै एसपी केसीले भने, ‘धिरजले सो घटनामा अन्य तीन जना साथी पनि संलग्न रहेको भन्यो।’ सोहीअनुसार उनका साथीहरू टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई पनि नियन्त्रणमा लिएको उनको भनाइ छ। 

शिवरात्रिका दिन लागुऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए। घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुनसक्ने अनुसन्धानको खुलेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.