झापामा साइकलबाट लडेर एकजनाको मृत्यु

झापामा साइकलबाट लडेर एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ स्थायी घर भइ हाल वडा नम्बर ३ मा डेरा बस्दै आएका ४२ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार बिहान बुट्टावारि नजिकैको सडक किनारमा राई मृत फेला परेका थिए । मादक पदार्थ सेवन गरी यात्रा गर्दा साइकलबाट लडेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

टाउको सडकमा बजारिएको,एकापट्टिको गाला धसारिएको र मुखबाट पानी बगिरहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शव पोस्टमार्टमको लागि धरान पठाइएको छ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.