उपनिर्वाचन

उम्मेदवारीको चाहनासहित सुहाङले दिए निवेदन

उम्मेदवारीको चाहनासहित सुहाङले दिए निवेदन
सुन्नुहोस्

एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन भएपछि उनको ठाउँमा इलाम क्षेत्र न २ मा उपनिर्वाचन हुन लागेको हो।

इलाम : गत भदौ २६ गते नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन भएपछि एकाएक चर्चामा आएका नेम्बाङ पुत्र सुहाङ नेम्बाङ अचेल जिल्लातिरै भेटिन्छन्। 

इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तय भएपछि उनको दौडाहा त्यही निर्वाचन क्षेत्रमा केन्द्रित थियो। सुहाङले पिताको क्षेत्रमा उम्मेदवारीको चाहना राखेको चर्चा चलिरहेकै समयमा इलाम क्षेत्र न २ मा नेकपा एमालेका उनले निवेदन दिएका छन्। 

उनीसँगै नरेन्द्र भट्टराई, रवीन्द्र सुवेदी, बुद्धि खनाल, रिप्पल राई र देवी क्षेत्री दुलालले उम्मेदवार बनाउन निवेदन दिएको उम्मेदवार सिफारिस कार्यदलका सचिव एवं नेकपा एमाले जिल्ला कार्यसमितिका सचिव उमेश गुरुङले जानकारी दिए।

चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो। उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन्। कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने छ। 

सचिव गुरुङका अनुसार कार्यदलले जनमत सर्वेक्षण, योगदान, योग्यताको समेत अध्ययन गरेर चैत ३ गते सचिवालयमा प्रतिवेदन बुझाउने छ। जिल्ला कार्यसमितिले सोही प्रतिवेदनको आधारमा एक महिलासहित ३ जनाको नाम केन्द्रमा पठाउने छ। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो। एमाले नेता सुवास नेम्बाङको निधन भएपछि उनको ठाउँमा इलाम क्षेत्र न २ मा उपनिर्वाचन हुन लागेको हो। 

सालिनता र शैलीमा पिता नेम्बाङको छनक दिने सुहाङको पहिलो परिचय कानुन व्यावसायीका रूपमा भए पनि पछिल्लो समयमा उनको यात्रा फुटबल, पार्टीका कार्यक्रमदेखि गरिबका झुपडीसम्म हुने गरेको छ। उनका हजुरबुवा इलाम जिल्ला अदालतका न्यायाधीश थिए। 

उनका पिता फुर्सद हुँदा कानुन व्यवसाय गर्थे तर पूर्णकालीन रूपमा भने एमालेका नेताका रूपमा सक्रिय थिए। दुई पटकको संविधानसभा अध्यक्ष र २०७२ को संविधान निर्माणमा भूमिका खेलेका पिताका पुत्र सुहाङले टिकट पाए मतमा प्रतिविम्बित हुने एमालेकै कतिपय नेता कार्यकर्ता बताउँछन्। 
धेरैले नचिनेका सुहाङलाई २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले भने इलाममा कार्यकर्तामाझ चिनाउन सुरु गरेको थियो। त्यहीबेला उनले राजनीति र चुनावलाई नजिकबाट नियालेका थिए। 

गत प्रतिनिधिसभाको निर्वाचनमा पिताको निर्वाचन क्षेत्रमा खटिँदा पितासँगै आफूलेसमेत कतिपय ठाउँमा प्रतिबद्धता जाहेर गरेका सुहाङ तिनै प्रतिबद्धता पूरा गर्न उम्मेदवार बन्न लागेको बताउँछन्। चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले काम गरिरहेको छ। एमालेसहित अन्य दलका आकांक्षीहरूसमेत गाउँ प्रवेश गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.