लोकतान्त्रिक आदिबासी जनजाती महासंघको अध्यक्षमा कोयु

लोकतान्त्रिक आदिबासी जनजाती महासंघको अध्यक्षमा कोयु
सुन्नुहोस्

उदयपुर : नेकपा एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई कोयु सर्वसहमत चयन भएका छन्।

आइतबार सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ४६ सदस्य जिल्ला कार्य कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षमा पर्शुराम चौधरी, तारादेवी जोशी, सचिवमा हेमबहादुर तामाङ्ग, उपसचिबमा राजु तुलाधार, उदयराज भुजेल र कोषाध्यक्षमा ताराकुमारी मगर सर्वसहमत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष हरीप्रसाद थलङ्गले जानकारी दिए।

शनिबारबाट सुरु भएको अधिवेशनको बन्दसत्रले आइतबार दिउँसो नेतृत्व चयन गरेको हो। 

आदिबासी जनजातीको पहिचान एमालेले दिलायो

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले पहिचानवादीहरुले अहिले गरेको आन्दोलन मिथ्याको आन्दोलन भएको टिप्पणी गरे। उनले आदिबासी जनजातीहरुको पहिचान नेकपा एमालेले दिलाएको स्पष्ट पारे। 

शेर्पाले एमालेका नेता अमृतकुमार बोहरा स्थानीय विकास मन्त्री भएको समयमा आदिवासी जनजातीको पहिचान दिलाउनकालागि आयोग गठन गरेर सुचिकरण गरेको बताए। कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्चार्ज पर्शुराम मेघी गुरुङले नेकपा एमालेले आदिबासी जनजातीका पक्षमा र उत्थानकालागि निरन्तर लागि परेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.