हिन्दु–मुस्लिम मिलेर गरे अष्टजाम

हिन्दु–मुस्लिम मिलेर गरे अष्टजाम
हिन्दु  मुस्लिमले  संयुक्त रुपमा सु्रु गरेका अष्टजाममा सहभागी।  तस्बिर : जितेन्द्रनारायण ठाकुर।
सुन्नुहोस्

विराटनगर : विराटनगरका हिन्दु मुस्लिम समुदायका व्यापारीहरुले धार्मिक एकताको सन्देश दिन अष्टजाम सुरु गरेका छन्। विराटनगर ११  स्थित नयाँ गुद्री बजारमा  मुलुकमा धार्मिक एकताको सन्देश दिन हिन्दु मुस्लिम मिलेर अष्टजाम गरेका हुन्।  

हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्व महाशिवरात्रीको अवसरमा उनीहरुले एक भएर ७२ घण्टे अष्टजाम सुरु गरेको बताउँछन्।  पछिल्लो क्रममा मुलुकको विभिन्न स्थानमा धार्मिक एकता खल्बल्यान विभिन्न समुह सक्रिय भएर लागेकाले विराटनगरमा धार्मिक एकताको सन्देश दिन अष्टजाम सामुहिक रुपमा सुरु गरेको सब्जी मण्डी तथा गुद्री बजार  व्यबस्थापन समितिका सचिव साहेव अहम गुड्डुले जानकारी दिए।  

आपसी भाइचारा र धार्मिक सहिष्णुता अभिवृद्धी गरी  मुलुकमा दिगो शान्ति र जनभावना अनुसारको राजनीतिक स्थिरताको कामनाका लागि   ७२ घण्टे अष्टजाम सुरु गरेको  उनले बताए। समाजमा विभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक  भावनामाथि ठेस पुग्ने काम गर्न नहुने र प्रत्येक धर्म ,रितीरिवाजलाई संरक्षण गर्न , एक आपसमा सहयोगी भावना जागृत गराई आपसी भाइचारलाई झन बलियो बनाउन सन्देश दिन  अष्टजाम आयोजना गरिएको  समितिका सचिव तथा अष्टजाम उपसमितिका प्रमुख सल्लाहकार साह्व अहमद गुडु (मियाँ)ले बताए।   

गुद्धीका व्यापारीहरको सामुहिक निर्णयबाट  आयोजना हुने सो अष्टजाम हिन्दु धर्मको परम्परा तथा रितिरिवाजअनुसार हुने जनाइएको छ।  हिन्दु र मुस्लिम एकै साथ प्रसाद वितरण गर्ने गरिएको छ।  गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतका अनुसार  अष्टजाम सम्पन्न गर्न ७ लाखभन्दा बढी रकम खर्च हुने छ।

विराटनगर–११ को नयाँ गुद्री बजारमा ठूला, मझौला र साना गरेर २०५ भन्दा बढी पसल सञ्चालनमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.