पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजी ठाकुर मोहनले कुटाइ खाए


काठमाडौं : राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठले कुटाइ खाएका छन्। उनमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन्। पाण्डे पूर्वमन्त्री समेत हुन्। उनी सहरी विकास मन्त्री थिए।

आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला सशस्त्रका पूर्वएआईजी श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेका थिए। त्यसपछि बैठकमा लफडा सुरू भएको थियो।

लगत्तै पाण्डे बाहिर निस्केर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए। केही समयपछि श्रेष्ठसमेत बाहिरिए। श्रेष्ठ बाहिरिने क्रममा पाण्डेका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन्। पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटेका थिए।

 श्रेष्ठ पार्टी कार्यालयभित्रै कुटिएका हुन्। पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । उनले पाण्डेलाई लक्षित गरी धारणा राखेका थिए।

श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका छन्। पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले घटनाबारे अध्ययन भइरहेको जानकारी दिए। कुटपिट भइरहेका बेला राप्रपाका नेता बुद्धिमान तामाङ,सांसद दिपकबहादुर सिंहलगायतले छुट्याएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.