एमालेको आग्रह : मुलुकलाई विकासको बाटोमा लैजान नयाँ गठबन्धनसँग सहकार्य गरौं


काठमाडौं : नेकपा एमालेले मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान नयाँ गठबन्धनमा सामेल हुन अन्य राजनीतिक दलहरूलाई अनुरोध गरेको छ। शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान नयाँ गठबन्धनसँग सहकार्य गर्न अन्य राजनीतिक दलहरूलाई अनुरोध गरिएको बताएका हुन्।

उनले भने, 'प्रधानमन्त्री पुष्पकल दाहाल 'प्रचण्ड' नेतृत्वमा पाँच राजनीतिक दलहरू सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं। यो नयाँ प्रक्रियामा साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेका छौं।'

सत्ता समीकरणमा आएको फेरबदललाई पार्टीले सकारात्मक लिएको महासचिव पोखरेलले जानकारी दिए।

उनले जनताको निराशालाई आशामा बदल्न, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा एमालेले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने बैठकले निष्कर्श निकालेको बताए।

'नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ भन्ने पार्टीको मान्यता रहेको छ। जनताको निराशालाई आशामा बदल्न,  मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्च बनाउन, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ भन्ने पार्टीको मान्यता रहेको छ,'उनले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित पाँच राजनीतिक दल सामेल गठबन्धन बनाएका छन्।

गठबन्धनमा एमाले,माओवादी, रास्वपा,जसपा र एकीकृत समाजवादी सामेल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.