कुशल मल्लले एकै ओभरमा लिए नेदरल्याण्ड्सको दुई विकेट

कुशल मल्लले एकै ओभरमा लिए नेदरल्याण्ड्सको दुई विकेट
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं :  टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले एकै ओभरमा नेदरल्याण्ड्सको दुई विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले १८५ रनको लक्ष्य दिएपछि जवाफि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सको कुशल मल्लले २ विकेट लिएका हुन्।

नवौं ओभरमा मल्लको बलमा म्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरी र माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलले क्याच आउट गराएका हुन्। नेदरल्याण्ड्सका लागि डाउडले २२ रन र लेभिटले ५४ रनको योगदान गरे।

त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे।  आरिफ शेख शून्य रनमा आउट भए। कामी र जिसी अविजित रहे। नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २/२ विकेट विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.