नेपालको चौथो विकेट पतन
काठमाडौं : टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालको चौथो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नेपालका दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्।
१४.३ ओभरमा नेदरल्याण्ड्सका भ्यान डेरले ऐरीलाई आउट गराएका हुन्। उनले १ रन मात्रै जोड्न सके।
त्यस अगाडि १३.४ ओभरमा माइकल लेभिटले आसिफ शेखलाई आउट गराए थिए। शेख ३७ बलमा ३ छक्का र १ चौकासहित ४७ रनको योगदान गरेर बाहिरिए।
त्यस अगाडि कप्तान रोहित पौडेल माइकल लेभिटकै बलमा स्कट एडवार्ड्सले क्याच आउट गराएका थिए। पौडेलले १ छक्का र ३ चौकासहित २५ रन बनाए।
२ छक्का सहित २० रन बनाएका ओपनर कुशल भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए।
अहिले नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन बनाएको छ।