वाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई यम तमुले १० लाख दिने

वाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई यम तमुले १० लाख दिने

साउदी : नेपाली व्यवसायी यम तमुले नेपाल वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई १० लाख रूपैयाँ दिने घोषणा गरेका छन्।

फाइनल खेल हेर्न पुगेका तमुका अनुसार खेलाडी राष्ट्रको गहना हुनुको साथै नेपाल समूह विजेता बन्दै फाइनलमा जोर्डनविरुद्धको खेलमा देखाएको प्रदर्शन र खेलाडीले  खेलद्वारा नेपालप्रति देखाएको माया र चिनारीलाई हौसला प्रदान गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेको बताए। 

उनी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै अलपत्र परेका नेपालीलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएका छन्। उनले साउदीको रियाद सहरस्थित वथामा नेपाली रेष्टुरेन्ट लालीगुराँस सञ्चालन गर्दै आएका छन्। 

नेपाली टिमलाई हौसलास्वरूप साउदीमा रहेका संघ तथा व्यक्तिले आर्थिक सहयोगसहित सम्मान गरेका छन्। सुदूर पश्चिमेली समाजले १ लाख रूपैयाँ, हातेमालो युवा क्लबले २० हजार रुपैयाँ, रत्न कुमार राईले १ लाख, नरबहादुर मगरले १ लाख, श्रीप्रसाद बेर्देवाले १ लाख, साउदी अरेबिया हामी नेपाली समूहले ४० हजार, बलराम थापाले १७ हजार, तमु धीं जेद्दाले २१ हजार, नेपाल आदिवासी जनजाति महासंघ जेद्दाले ३६ हजार र एनआरएन साउदीले १ लाख ५५ हजार रुपैयाँसहित सम्मान गरेका थिए। 
 
वाफ च्याम्पियनसिपमा नेपालले समूह चरणको सुरुवाती खेलमा सिरयालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-० र लेवनानलाई २-१ गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो। फाइनलमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.