वाफ च्याम्पियनसिप

लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भीड्ने

लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग भीड्ने
तस्बिर : एन्फा

साउदी : नेपाल वाफ महिला च्याम्पियनसिप २०२४को फाइनलमा पुगेको छ। गएराती भएको सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

साउदीको जेद्दा शहरको किङ अव्दुला सिटी स्पोर्टस स्टेडियममा जारी प्रतियोगिताको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा राणाबाट आत्मघाती १ गोल भएको थियो।

पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालकी सावित्रा भण्डारी (साम्बा)ले ७५ औं मिनेटमा गोल गर्दै बराबरी बनाएकी थिइन्। खेलको ९४ औं मिनेटमा डिफेन्डर प्रिती राईले दोस्रो गोल गरेर अग्रता दिलाइन्।

null

नेपाल यो जितसँगै वाफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ। यसअघि पनि नेपालले समूह चरणको सुरुवाती खेलमा सिरयालाई  ४-१ , ईराकलाई ५-० र प्यालेस्टाइन लाई ४-० गोलले पराजित गरेको थियो। नेपालको समूहमा इराक, सिरिया र प्यालेस्टाइन रहेका थिए। 

nullनेपालले अब फाइनलमा जोर्डनसँग खेल्नेछ। फाइनल खेल २९ फरवरी बिहीबार हुनेछ। मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले हराउँदै जोर्डन फाइनलमा प्रवेश गरेको थियो। जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.