आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेपनि चुनौतिमुक्त हुन सकेको छैन : अर्थमन्त्री


काठमाडौं : आर्थिक वर्ष २०८१/०८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गरेका हुन्।

उनले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र क्रमश सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दावी  गरे । अर्थमन्त्री महतले विद्युत उत्पादनमा र पर्यटन आवागमन संख्यामा वृद्धि हुनुको साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको बताए।

बैंकिङ क्षेत्रमा पर्याप्त तरलता,ब्याजदर एकल बिन्दुतिर झर्ने क्रममा रहेको र निक्षेप कर्जा प्रवाहमा क्रमश वृद्धि भएको उनको भनाइ छ। घर जग्गा कारोबार र पुँजीबजार सुधार उन्मुख भइरहेको उनको भनाइ छ।

राजश्व संकलन लक्ष्यअनुसार नभएपनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने विश्वास व्यक्त गरे। मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेपनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतिमुक्त हुन नसकेको उल्लेख गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.