इटहरीको जनता माविमा विज्ञान प्रयोगशाला

इटहरीको जनता माविमा विज्ञान प्रयोगशाला
सुन्नुहोस्

धरान : सुनसरीको इटहरीमा रहेको जनता माविले ९ कोठाको विज्ञापन प्रयोगशाला स्थापना गरेको छ। यो वर्षदेखि विज्ञान विषयको कक्षा सुरु हुने भएपछि प्रयोगशाला स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताएका छन्।

इटहरी ६ र ९ गरी दुई स्थानमा रहेको विद्यालयले  सातवटा भवनमा ६७ वटा कोठा विस्तार गरेको छ। अध्यक्ष दंगालले  ४०/४० विद्यार्थी बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको बताए। 

दुवै ल्याब कक्षा १२ सम्मका विद्यार्थीले प्रयोग गर्नेछन्। विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। उनले विद्यार्थीहरूलाई खेलमा आकर्षित गराउनका लागि बास्केटबल कोर्ट लगायतका खेल मैदानको निर्माण भइरहेको जानकारी दिए।  

विद्यालयले नयाँ भर्नाका लागि समेत तयारी गरेको छ। यस वर्ष ३ सय विद्यार्थी भर्ना लिने तयारी गरिएकोमा सरस्वती पूजाका दिन ५ सय जना विद्यार्थीले आवेदन दिएको उनले बताए। पाँच वर्षदेखि शैक्षिक सुधारमा विद्यालयले  काँचुली फेरेको छ। सुनसरीमै आकर्षणको केन्द्र बनेको यस विद्यालयमा निजी विद्यालय छाडेर आउने विद्यार्थीको भीड बढेको छ। 

विद्यालयमा शिक्षण र व्यवस्थापन चुस्त छ भने भौतिक पूर्वाधार निर्माणका कामहरू पनि धमाधम भइरहेका छन्। विद्यालयलाई प्रदेश  र संघीय सरकारले समेत आर्थिक सहयोग गरिरहेकाले शैक्षिक सुधारमा प्रगति गर्न सफल भएको उनको भनाइ छ। 

विद्यालय २०१३ सालमा स्थापना भएको हो। केही समयअघिसम्म अस्तव्यस्त रहेको विद्यालय पछिल्लो समय सुधारको काम हुन थालेको अभिभावक खिला आचार्यले बताए। विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टै छुट्टै दुईटा ब्लक छन्। विद्यालयमा पुस्तकालय, कम्प्युटर ल्याब तथा तीनवटा स्कुल बस रहेको छ।  विद्यालयमा शिक्षक कर्मचारी गरेर डेढ सय बढी कार्यरत छन्। कक्षाकोठाहरूमा सीसीटीभी जडान गरिएको प्रधानाध्यापक पशुपति सिग्देल बताए। 

कक्षा कोठाहरूलाई स्मार्ट बनाउने, अंग्रेजी माध्यमबाट पढाउने र  उत्कृष्ठ शिक्षकहरू नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप बढेको उनले बताए। विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाइ हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको प्रअ सिग्देलले जानकारी दिए। 

विद्यालयले एसईई परीक्षामा समेत राम्रो नतिजा ल्याइरहेको छ। गत वर्षको एसईई परीक्षामा सहभागी २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशतभन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका थिए। 

प्रत्येक वर्ष थप कक्षा र विषयहरू राखेर विद्यार्थीहरूलाई व्यवहारिक र उपयोगी शिक्षा प्रदान र गरीब तथा जेहनदार विद्यार्थीको लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको  छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.