क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : नेपालविरुद्ध क्यानडाले २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो।

क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए। उनले १० चौका र २ छक्का प्रहार गरेका थिए। त्यसैगरी अर्का ओपनर नवनीत धालीवालले ४६ रन बनाए भने परगत सिंहले ३८ रन, श्रेयस मोब्बाले ४० रनको योगदान गरे। सोमपाल कामीको अन्तिम बलमा मोब्बा भीम सार्कीबाट आउट भएका हुन्।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए। सिनियर टोलीबाट डेब्यु गरेका आकाश चन्द, सूर्य तामाङ, पवन सर्राफ ले १/१ विकेट लिए। अन्तिम बलमा सोमपाल कामीले पनि थप एक विकेट लिन सफल भए। आजको खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको थियो। 

यो पनि पढ्नुहोस


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.